Prof. Dinesh P. Chapagain
Dinesh Chapagain
image

Books on Quality

  Text and Presentations
 

The concept I usually like to quote is “Wisdom is a honourary degree earned from the life university which will be highly honoured only if shared honourably”. Some resources, in a form of book which I have written, edited or translated are posted below for your reference. You can use these resources with appropriate acknowledgement. Also, I would like to request you to post your interest, suggestions and opinions.

हाइगा - २०१७ Posted on: 2018-04-08
अष्टावक्र गीता - परम पूज्य श्री श्री रवि शंकर बाट प्रदत्त व्याखान Posted on: 2018-03-05
अष्टावक्र संहिता Posted on: 2017-10-06
गोधूलि हाइगा - २०१६ Posted on: 2017-07-22
सच्चा साधकका लागि आत्मोपदेश भाग - ७ Posted on: 2016-08-25
सच्चा साधकका लागि ज्ञानोपदेश भाग ६ Posted on: 2016-08-25
सच्चा साधकका लागि ज्ञानोपदेश भाग ५ Posted on: 2016-08-25
सच्चा साधकका लागि ज्ञानोपदेश भाग - ४ Posted on: 2016-08-25
क्वालिटि सर्कल : एक चिनारी Posted on: 2016-08-25
नव सहस्राब्दीको लागि ज्ञानोपदेश Posted on: 2016-08-24
पुनर्नव: अझ पनि नयाँ Posted on: 2016-08-24
गोधूलि हाइगा - २०१५ Posted on: 2016-02-05
गोधूलि हाइगा -२०१४ Posted on: 2014-12-31
हाइकु पलहरू Posted on: 2014-12-26
फोटो हाइकु २०१० टोक्यो जापान Posted on: 2014-12-16
Enhancing Competitiveness through Total Quality Management: A training manual - 2005 Posted on: 2009-04-29
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
हाइगा - २०१७
मेरो नेपाली हाइगा सिर्जनाको चौथो प्रयासको रूपमा यो हाइगा - २०१७ पस्कदँदै छु। ५८ हाइगाहरू जुन मैले प्रतेक हप्ताको बुधबार सबै समक्ष गोधूलिको फेसबुक मार्फत बाँडिरहेको थिएँ, तिनीहरूको सँगालो हो यो पुस्तक। पहिलाको समेत संयोजन गरेर प्रकाशन गर्ने सुरमा छु। हाललाई यही बाट डाहनलोड गरी रसस्वादन गर्नु होला।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
अष्टावक्र गीता - परम पूज्य श्री श्री रवि शंकर बाट प्रदत्त व्याखान
भाग्यमानी सम्झन्छु मैले श्री श्री बाट व्याखान भएको यो पुस्तकको रुपान्तरण गर्ने मौका पाएकोमा। यस ब्रह्माण्डमा सबै चीजहरू परिबर्तनशील छन्। जो परिवर्तनीय छैन त्यो सर्वत्र व्याप्त छ। हाम्रो शरीरको गहिराइमा हामी केही अनुभूति गर्न सक्छौँ, जसलाई हामी साधारणतया "म" भन्छौँ, त्यो परिवर्तन हुँदैन। अष्टावक्र गीतालाई अद्वैत सिद्धान्तको सबैभन्दा विशिष्ट ग्रन्थ मानिन्छ। जीवनका पाँच सत्यनिष्ठाहरू - सन्तोष, सत्यता, करुणा, इमानदारिता र क्षमालाई अमृत जस्तै मानेर तिमी आफ्नो जीवनमा ग्रहण गर। तिमी त्यो मन हौ, त्यो चेतना हौ, तिम्रो शरीर भित्रको शक्ति हौ, न तिमी यो शरीर हौ न त यो शरीर नै तिम्रो हो। यो शरीर यस संसारमा केही समय रहन्छ अनि जान्छ। “कृतकृत्य:” को अर्थ हुन्छः "जे तिमीले गर्नुपर्ने थियो त्यो तिमीले गरी सक्यौ", "तिमीले गर्न सक्ने जति र गर्नु पर्ने जति तिमी गरिरहेका छौ" वा "तिमीले गर्नुपर्ने जति काम तिमी गर्नेछौ"। • जीवन भनेको एउटा खेल्ने बल तिम्रो हातमा आएको जस्तो हो। त्यो बललाई समातेर मात्र नबस। अहिले यो बल तिम्रो हातमा पाएका छौ, यसलाई फालिदेऊ र खेल्न थाल। यो २८४ पृष्ठको पुस्तक आर्ट अफ लिभिङ्ग नेपाल बाट प्रकाशित भएको छ र बजारमा रू ।५०० मा बितरण भइरहेको छ। सम्पर्क फोन नं ४४९४५०० र ६२२७४००।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
अष्टावक्र संहिता
म के हुँ र यो संसार के हो ? भन्ने कुरो बुझ्न निकै समय लाग्दो रहेछ।राजा जनक र बालऋषि अष्टावक्र बिच भएको संवाद ¡§अष्टावक्र संहिता¡¨ को अध्ययन पश्चात् यो कुरो छर्लङ्ग भई आउँदो रहेछ कि ¡§म आत्मस्वरूप ब्रह्म हुँ। निरञ्जन, निराकार, अपरिवर्तनीय तथा व्यापक छु एवं अनन्तकालसम्म रहिरहनेछु।ƒnसंसार मेरो मनले रचेको भ्रमको सपना मात्र हो। यहाँ रहेका हरेक चिजहरू क्षणिक छन्- देखा पर्छन्, केही समय रहन्छन् र हराएर जान्छन्।ƒnतृष्णारहित, चिन्तारहित एवं विचारशून्य भई जे आइपर्छ त्यो गर्दै रमाउँदै आत्मस्वरूप शान्त एवं सुखी रहन्छु।¡§ अष्टावक्र संहिताको मूल संस्कृतका श्लोकहरू, त्यस्का अंग्रेजीमा अनुदित अंशलाई नेपालीमा अनुवाद गरेर यो पुस्तक तयार गरी प्रकाशन गरेको छु। पुस्तक पसलहरूमा प्राप्त छ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
गोधूलि हाइगा - २०१६
यहाँ गोधूलि हाइगा भाग ३, २०१६ राखेको छु। केही क्षण यसलाई उतारेर आफू पनि रमाइलो गर्नु होला। कति बेला आँखाले हेरिरहँदा पनि सबै कुरा देखिँदैन, कानले सुनिरहँदा पनि सबै कुरा बुझिँदैन, अनि प्रकृतिमा रहेका अनगिन्ती मनमोहक यथार्थतालाई अलिकति देखाएर र अलिकति भनेर केही समयको लागि त्यसको खालि पनमा दर्शकलाई घोत्लिन बाध्य बनाउने एउटा लघु कलाकारिताको नाम हो "हाइगा" अर्थात् लघु-कबिते-चित्र। विश्वकै सबै भन्दा छोटो कबिता "हाइकु" तथा त्यसैको सेरोफेरोमा सँगसँगै रहेर न्यून रङ्गले कोरेको चित्रकला जुन चार शताब्दी अगाडि जापान बाट सुरु भएको थियो अहिले संसारभरिका कला प्रेमीहरूले आ-आफ्नो परिवेशमा रहेर हाइगाको सिर्जना गरी आनन्द उठाइराखेका छन्। नेपालमा हाइकु लेखन सुरु भएको पनि पचास वर्ष नाघि सक्यो भनिन्छ तर हाइगाको सिर्जना भने त्यतिसाह्रो देखिँदैन। नेपाली समाजमा यो नौलो झैँ लाग्छ। मेरो यो प्रयास ३ वर्ष देखि हो।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
सच्चा साधकका लागि आत्मोपदेश भाग - ७
यो पुस्तक परम पूज्य गुरु देव श्री श्री रवि शङ्करज्यू बाट जुलाई १२, २००१ देखि जुलाई ३, २००२ सम्म निरन्तर एक वर्ष प्रत्येक बिहीवार संसार भरि छरिएर रहेका आफ्ना भक्त जनहरूको लागि प्रदान गर्नु भएका ज्ञानका उपदेशहरूको सँगालो हो। अङ्ग्रेजीमा सङ्कलन भएको "An Intimate Note to the Sincere Seekers, vol. 7” को मैले नेपालीमा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले २०६६ मा प्रकाशित तथा गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यसको सर्वाधिकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
सच्चा साधकका लागि ज्ञानोपदेश भाग ६
यो पुस्तक परम पूज्य गुरु देव श्री श्री रवि शङ्करज्यू बाट जुलाई २७, २००० देखि जुलाई ८, २००१ सम्म निरन्तर एक वर्ष प्रत्येक बिहीवार संसार भरि छरिएर रहेका आफ्ना भक्त जनहरूको लागि प्रदान गर्नु भएका ज्ञानका उपदेशहरूको सँगालो हो। अङ्ग्रेजीमा सङ्कलन भएको "An Intimate Note to the Sincere Seekers, vol. 6” को मैले नेपालीमा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले २०६७ मा प्रकाशित तथा गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यसको सर्वाधिकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
सच्चा साधकका लागि ज्ञानोपदेश भाग ५
यो पुस्तक परम पूज्य गुरु देव श्री श्री रवि शङ्करज्यू बाट अगस्त ४, १९९९ देखि जुलाई १२, २००० सम्म निरन्तर एक वर्ष प्रत्येक बिहीवार संसार भरि छरिएर रहेका आफ्ना भक्त जनहरूको लागि प्रदान गर्नु भएका ज्ञानका उपदेशहरूको सँगालो हो। अङ्ग्रेजीमा सङ्कलन भएको "An Intimate Note to the Sincere Seekers, vol. 5” को मैले नेपालीमा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले २०६८ मा प्रकाशित तथा गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यसको सर्वाधिकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
सच्चा साधकका लागि ज्ञानोपदेश भाग - ४
यो पुस्तक परम पूज्य गुरु देव श्री श्री रवि शङ्करज्यू बाट जुलाई ३०, १९९८ देखि जुलाई २८, १९९९ सम्म निरन्तर एक वर्ष प्रत्येक बिहीवार संसार भरि छरिएर रहेका आफ्ना भक्त जनहरूको लागि प्रदान गर्नु भएका ज्ञानका उपदेशहरूको सँगालो हो। अङ्ग्रेजीमा सङ्कलन भएको "An Intimate Note to the Sincere Seekers, vol. 4” को मैले नेपालीमा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले २०६९ मा प्रकाशित तथा गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यसको सर्वाधिकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
क्वालिटि सर्कल : एक चिनारी
नेपाली भाषामा लेखिएको पहिलो क्वालिटी सर्कल सम्बन्धि पुस्तक दिनेश चापागाञीले नेपाल ऐओटिएसको लागि सन् १९९७ मा तयार पार्नु भएको हो। यही किताबको मार्फत् नेपालका हजारौं व्यक्तिहरूले जापानी ट्वालिटी सर्कल सम्बन्धि ज्ञान हासिल गरेका छन्। यसको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ। यो किताब Nepal AOTS Alumni Society, Koteswor मा उपलब्ध छ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
नव सहस्राब्दीको लागि ज्ञानोपदेश
यो पुस्तक "नव सहस्राब्दीको लागि ज्ञानोपदेश" मा परम पूज्य गुरु देव श्री श्री रवी शङ्करज्यू बाट अब हामीले के कस्ता मानवमूल्यका शिक्षा हाम्रा भावी सन्ततीहरूलाई कसरी दिनु पर्ने हो त्यसबारे स्पष्ट शब्दमा पारिदिनु भयको छ।साथै हाम्रो प्राणशक्ति- चेतना, प्रेम, ध्यान, कर्म, आदि जस्ता महत्वपूर्ण र गहन ज्ञानका कुराहरूलाई उदाहरणसहित व्याख्या गरेर सर्वसाधारणले समेत बुझ्ने गरी सरल तरिकाले हामीलाई बताउनु भयको छ।परमपूज्यबाट प्राप्त यस ज्ञानलाई वहाँको अङ्ग्रेजी पुस्तक "Wisdom for New Millennium” लाई नेपाली भाषामा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले बैशाख २०६८ मा प्रकाशित तथा गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यस्को सर्वाधकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
पुनर्नव: अझ पनि नयाँ
यो पुस्तक "पुनर्नभ: अझ पनि नयाँ" मा परम पूज्य गुरुदेव श्री श्री रवी शङ्करज्यू बाट हामीलाई बताउनु भएको छ कि यस ब्रह्माण्डमा सबै चिज परिवर्तनशील छ तर यो परिवर्तनलाई महसुस र अनुभव गर्नुको लागि अपरिवर्तनीय भनेको हामी सबैमा चेतना अर्थात् ब्रह्मशक्ति छ जुन अविनाशी छ, असीम छ र अनन्त छ। बाहिरिया वातावरणले कहिले कही हामीलाई विचलित पार्ने गर्दछ तर साधना, सेवा तथा सत्सङग द्वारा हामीमा आएको त्यो विचलनलाई हामी शुध्दिकरण गर्न सक्छौँ। हामी फेरी नयाँ हुन सक्छौँ, आफ्नो वाल अबस्थाको निश्चलपन तर्फ फर्कन सक्छौँ।यस्ता गहन ज्ञानका कुराहरूलाई उदाहरणसहित व्याख्या गरेर सर्वसाधारणले समेत बुझ्ने गरी सरल तरिकाले हामीलाई बताउनु भयको छ।परमपूज्यबाट प्राप्त यस ज्ञानलाई वहाँको अङ्ग्रेजी पुस्तक "Punarnava: New Again” लाई नेपाली भाषामा अनुवाद गरी श्री आर्ट अफ लिभिङ्ग नेपालले फागुन २०६९ मा प्रकाशित गरी बजारमा लेराएको छ। श्री आर्ट अफ लिभिङ्ग नेपालमा यस्को सर्वाधकार सुरक्षित रहेको छ ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
गोधूलि हाइगा - २०१५
कति बेला आँखाले हेरिरहँदा पनि सबै कुरा देखिँदैन, कानले सुनिरहँदा पनि सबै कुरा बुझिँदैन, अनि प्रकृतिमा रहेका अनगिन्ती मनमोहक यथार्थतालाई अलिकति देखाएर र अलिकति भनेर केही समयको लागि त्यसको खालि पनमा दर्शकलाई घोत्लिन बाध्य बनाउने एउटा लघु कलाकारिताको नाम हो "हाइगा" अर्थात् लघु-कबिते-चित्र। विश्वकै सबै भन्दा छोटो कबिता "हाइकु" तथा त्यसैको सेरोफेरोमा सँगसँगै रहेर न्यून रङ्गले कोरेको चित्रकला जुन चार शताब्दी अगाडि जापान बाट सुरु भएको थियो अहिले संसारभरिका कला प्रेमीहरूले आ-आफ्नो परिवेशमा रहेर हाइगाको सिर्जना गरी आनन्द उठाइराखेका छन्। नेपालमा हाइकु लेखन सुरु भएको पनि पचास वर्ष नाघि सक्यो भनिन्छ तर हाइगाको सिर्जना भने त्यतिसाह्रो देखिँदैन। नेपाली समाजमा यो नौलो झैँ लाग्छ। मेरो यो प्रयास २ वर्ष देखि हो। यहाँ गोधूलि हाइगा भाग २, २०१५ छ। आफ्नोमा उतारेर रमाइलो गर्नु होला।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
गोधूलि हाइगा -२०१४
२०१४ को जनुवरी १ तारिखको दिन देखि हाइगा सिक्ने प्रयास गरेको थिएँ। पुरा साल भरी मैले कोरेका केही शव्दहरू हाइकाको रूपमा र पोतेका केही आकारहरू हाइगाको रूपमा तयार पारेको थिएँ। मैले "गोधूलि - दिनेश" को नाम बाट प्रथम प्रयास सुरु गरेको यो पुस्तक ३९ हाइगाको सँगालो जस्मा वर्षभरिका सबै ऋतुहरूमा अनुभव गरेका हाइकु पलहरूको प्रतिविम्ब स्वरूप प्रस्तुत गरेको छु। हाइगा यस्तो रचना हो जस्मा छोटो कविता, मिठो तस्विर र लेखन कलाको रमाइलो संगम हुने गर्छ जस्ले दर्शकलाई केही छिन सोच्नको लागि बाध्य गरी रोमाञ्चित पार्दछ।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
हाइकु पलहरू
हाइकु सिक्न थालेको पनि पाँच वर्ष भएछ । यी वर्षहरूमा म तिन देश - जापान, भारत र नेपालका बिभिन्न समयमा र बिभिन्न स्थानहरूमा भ्रमण गर्दा केही हाइकु पलहरूको अनुभव भयो । जम्मा जम्मी १०० पलहरूको सँगालो यहाँ प्रस्तुत गरेको छु । यसमध्य कुनै कुनै www.sanjaal.com मा पनि प्रकाशित भएका छन्।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
फोटो हाइकु २०१० टोक्यो जापान
२०१० को बसन्त ऋतुमा टोक्यो रहँदा बस्दा फोटो हाईकु बनाउने इच्छाले तयार पारेको सत्रवटा हाईकुको सँगालो हो यो। सत्र स्वरबाट तयार हुने एक हाईकुलाई सत्रवटा हाईकु बनाएर पस्केको छु।
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
Enhancing Competitiveness through Total Quality Management: A training manual - 2005
A training manual with powerpoint slides and brief introduction on related topics. The manual is intended to assist TQM trainers and industry supervisors. Content - WTO, Appreciative inquiries, Management by quality, Brainstorming and group dynamics, Small group activities, demystifying ISO. Edited by Dinesh P. Chapagain and contributed by Dinehs P. Chapagain, Navin Dahal, Mahesh Gangol, Ramesh M. Singh, and urendra Shrestha. Published by NQPCN, Kathmandu
Top pdf Download...
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
Copyright ©, Prof. Dinesh Chapagain
Website Design and Developed by : e-Zone International

AmazingCounters.com